मुख्य समाचार

जेठ २० गतेसम्म लम्बियो लकडाउन

जेठ २० गतेसम्म लम्बियो लकडाउन

चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन जेेेठ २० गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेको छ । कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन थप्न सिफारिस गरेको थियो ।

गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ । समितिको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेर लकडाउन थपिएको हो ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइ’रसको सं’क्रमण फैलिनुका साथै सं’क्रमित दुई जनाको मृ’त्यु भएपछि समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको थियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal