मुख्य समाचार

नेपालमा कोरोनाबाट फेरि एक जनाको मृत्यु: मृतकको संख्या २ पुग्यो

नेपालमा कोरोनाबाट फेरि एक जनाको मृत्यु: मृतकको संख्या २ पुग्यो

नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृ’त्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभा’इरस सं’क्रमणबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृ’त्यु भएको देवकोटाले बताए ।

‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्व’रो झा’डापखा’लालगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, प्रवक्ता देवकोटाले भने ।

को’रोना परीक्षणका लागि उनको स्वा’ब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए । योसँगै देशमा को’रोना सं’क्रमणबाट दुई जनाको मृ’त्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal