मनोरञ्जन

अमेरिकन आइडलको फाइनलः दिवेश ३१ प्रतिशत भोटसहित शिर्ष स्थानमा

अमेरिकन आइडलको फाइनलः दिवेश ३१ प्रतिशत भोटसहित शिर्ष स्थानमा

चर्चित अमेरिकी मनोरञ्जनात्मक समाचार वेबसाइट गोल्ड डर्बीले ‘आर्थर गन’ अर्थात नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपाधि नजिकै भएको पूर्वानुमान गरेको छ । अमेरिकन आइडलको फाइनल आइतबार मे १७ का दिन नेपाली समयअनुसार भोलि सोमबार बिहान हुँदैछ ।

मे १० का दिन टप ७ प्रतिस्पर्धीहरुले २ गित गाएका थिए । एउटा मदर्स डेको सम्मानमा र अर्को डिज्नी क्याटलगबाट थियो । यी ७ प्रतिस्पर्धीमध्ये ५ जना मात्र आइतबारको फाइनलमा पुग्नेछन् । यसको निर्णय भोटको आधारमा हुनेछ ।

गोल्ड डर्बीका अनुसार अमेरिकन आइडलको उपाधि कसले जित्ला भन्ने प्रश्नको जवाफमा अमेरिकन आइडल फ्यानहरु २ जना प्रतिस्पर्धीका बीचमा विभाजित छन् । ती दुई प्रतिस्पर्धीमध्येका एक नेपाली आर्थर ग’न अर्थात दिवेश पोखरेल हुन् र अर्की जस्ट साम हुन् ।

फ्यानको भोटमा आर्थर ग’नले ठूलो अग्रता लिइरहेको रिपोर्टमा उल्लेख छ साथै सामाजिक संजालमा अधिकांश प्रतिक्रिया पनि दिवेश कै पक्षमा देखिएका छन् ।

रिपोर्टका अनुसार आर्थर ग’नले ३१ प्रतिशत भोटसहित अग्रता लिइरहेका छन् र जस्ट साम २१ प्रतिशत भोटका साथ उनलाई पच्छ्याइरहेकी छिन् । यी दुवै गत हप्तादेखि ४ अंकले अरु प्रतिस्पर्धीभन्दा अगाडि छन् । यीबाहेक अन्य ५ जना उपाधिका प्रतिस्पर्धीहरुमध्ये केवल ३ जनाले मात्र दोहोरो अंकको भोट पाएका छन् ।

उपाधिका ७ प्रतिस्पर्धीमध्ये २ जना आइतबारको फाइनलको सुरुमै बाहिरिनेछन् । त्यसपछि टप ५ प्रतिस्पर्धीहरुले २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७