मुख्य समाचार

कोरोनाबाट निधन भएकाको ‘शव’ परिवारले छुन नपाउनेः एक मिटर टाढाबाट हेर्नुपर्ने

- ट

कोरोनाबाट निधन भएकाको ‘शव’ परिवारले छुन नपाउनेः एक मिटर टाढाबाट हेर्नुपर्ने

कोरोना भाइ’रसका कारण मृ’त्यु भएका व्यक्तिको परिवारले श’व छुन नपाउने भएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले यो नीति अख्तियार गरेको हो ।

हालसम्म श’वको सं’सर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ । साथै, श’वलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि उल्लेख गरिएको छ ।

कार्यविधिले श’वलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, श’वलाई कमभन्दा कम चलाउने भनिएको छ । श’वको कुनै भागबाट श्रा’व भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घरोगीहरुलाई श’वको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार श’वलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृ’तकका आफन्तले श’व हेर्न चाहेनमा नछोइ कम्तिमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने छ ।mmकोभिड–१९ ले मृ’त्यु भएका व्यक्तिको सामान्यता पो’ष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

यही कार्यविधि अनुसार नेपालमा पहिलो पटक कोरोना भा’इरसका कारण मृ’त्यु भएकी महिलाको शनिबार साँझ पशुपति आ’र्यघाटमा दा’हसंस्कार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७