मुख्य समाचार

थप १० जनामा ‘कोरोना संक्रमण’

थप १० जनामा ‘कोरोना संक्रमण’

आइतबार सं’क्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

रौतहटको राजपुर नगरपालिकाका-९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार सं’क्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना सं’क्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ र सिन्धुपाल्चोकमा एक/एक जनामा सं’क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७