मुख्य समाचार

कोरोनाबाट नेपालमा २९ वर्षिया महिलाको मृत्यु

कोरोनाबाट नेपालमा  २९ वर्षिया महिलाको मृत्यु

धुलिखेल अस्पतालमा मृ’त्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरो’ना पोजेटिभ रिपोर्ट आएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृ’त्यु पनि को’रोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताए ।

उनका अनुसार सम्बन्धित स्थानहरु जिल्ला कोरो’ना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ ।

अपडेट- नेपालमा को’रोना भाइ’रस (कोभिड-१९) बाट एक जनाको मृ’त्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड-१९ बाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृ’त्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृ’त्यु को’रोनाका कारण भएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal