समाचार

बालक सुटकेसमा सुतेर यात्रा गरेको घटनामाथी मानवअधिकारको ‘मुद्दा’

बालक सुटकेसमा सुतेर यात्रा गरेको घटनामाथी मानवअधिकारको ‘मुद्दा’

सडकमा ती महिलाहरु पैदल यात्रा गरिरहेका थिए । जहाँ एक बालक पैदल हिँड्न नसकेर सुटकेसमाथि निदाइरहेका छन् ।

नयाँदिल्ली : सुटकेसमा सुतेको बालकलाई भारतीय एक महिलाले घिच्याउँदै गरेको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको भोलिपल्ट मानवअधिकार आयोगले चासो देखाएको छ ।

लकडाउनका कारण लाखौंको संख्यामा भारतीय आप्रबासी कामदारहरु सयौँ किलोमिटरसम्म पैदल यात्रा गर्न बाध्य छन् । आयोगले पन्जाब र उत्तर प्रदेशका मुख्यसचिव साथै आग्राका जिल्ला अधिकारीलाई उक्त घटनालाई लिएर पत्र नै लेखेको छ ।

भिडिओमा देखाइए अनुसार आग्राको मुख्य सडकमा ती महिलाहरु पैदल यात्रा गरिरहेका थिए । जहाँ एक बालक पैदल हिँड्न नसकेर सुटकेसमाथि निदाइरहेका छन् । १ मिनेट भन्दा केही लामो भिडिओ स्थानीय पत्रकार सुरेन्द्र प्रताप सिंहले खिचेको भारतीय मिडियाले जनाएका छन् ।

भिडिओमा देखिएका अधिकांश महिलाहरु आप्रबासी कामदार भएको बुझिएको छ । उनीहरु पन्जाबबाट उत्तर प्रदेशका लागि पैदल यात्रा गरिरहेका थिए । अर्थात् उनीहरु ८०० किलोमिटर लामो पैदल यात्रा गरिरहेका थिए ।

भारतको मानवअधिकार आयोगले उक्त घटनालाई मानवअधिकार उल्लंघन भएको जनाएको छ । साथै यसलाई लिएर लकडाउनमा खाद्यान्न अभाव भएकाहरुका लागि राहत तत्काल वितरण गर्नुपर्ने पनि बताइएको छ ।

यस्ता घटनाले स्थानीय अधिकारीहरुको ला’परवाही प्रष्ट रुपमा देखाएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७