मनोरञ्जन

सलमान खानले गाएको गीत ४ दिनमा २ करोड ११ लाखले हेरे (भिडियो)

सलमान खानले गाएको गीत ४ दिनमा २ करोड ११ लाखले हेरे (भिडियो)

बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत ४ दिनमा २ करोड २२ लाखले हेरेका छन्। ज्याकलिन फरनान्डेजसँग म्यूजिक भिडियो बनाइएको ‘तेरे बिना’ बोलको गीत मंगलबार युट्युबबाट सार्वजनिक भएको थियो।

शबिर अहमदको शब्द र अजय भाटियाको संगीत रहेको गीत सलमानले आफै गाएका हुन्। लकडाउनमै तयार पारिएको भनिएको उक्त गीत सलमानको घर वरपर नै सुट गरिएको जनाइएको छ। यसअघि पनि सलमान खानले केही गीतको कभर गाएका हुन्।

सलमानले सन् १९८८ मा पारिवारिक विषयवस्तुमा आधारित फिल्म ‘बिवी हो तो ऐसी’ मा सहायक भूमिकाबाट अभिनय यात्रा थालेका थिए। त्यसपछि उनले ‘मैने प्यार किया’ बाट फिल्ममा प्रमुख भूमिका निभाएका थिए। उनका हम आपके हैं कौन, करनअर्जुन, बिवी नं वान, हम साथ साथ हैं, दबाङ्ग, रेडी, तेरे नाम, वान्टेड, एक था टाइगर, किक, सुल्तान, टाइगर जिन्दा हैं, ट्युवलाइट, भारतजस्ता चलचित्र प्रख्यात छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७