विचित्र संसार

जुम्ल्याहा छोराका बाबु भिन्नाभिन्नै भएको खुलासा भएपछि….

जुम्ल्याहा छोराका बाबु भिन्नाभिन्नै भएको खुलासा भएपछि….

चिनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको अनाैठो घटना सार्वजनिक भएको छ । नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए परीक्षणका क्रममा यो कुरा थाहा पाएका हुन् ।

डीएनए परीक्षणको नतिजा हेर्दा पो ती पुरुषले थाहा पाए, उनकी पत्नीले अर्कै पुरुषसँग पनि यौ’न स’म्बन्ध बनाएकी रहिछन् । डीएनए रिपोर्ट तयार पार्ने देङ याजुनले एक करोड केसमध्ये एकजनामा यस्तो हुने सम्भावना रहन्छ भनिन् ।

‘पहिलो, आमाले एकको साटो दुईवटा अण्डा एउटै महिनामा निकाल्दा जुम्ल्याहा जन्मिन्छन्,’ देङले चाइना न्युज वीक्लीलाई बताइन् । ‘दोस्रो, महिलाले दुई पुरुषसँग निकै छोटो समयान्तरमा यौ’न गर्दा यस्तो स्थिति आउँछ ।’

‘डीएनए परीक्षण नतिजाले के देखाउँछ भने जुम्ल्याहाहरूकी आमा त एकै हुन् तर बाउ फरकफरक हुन् । कम्तीमा दुई बाउ छन्,’ देङले भनिन् । दुई फरक बाउबाट जन्मिएका जुम्ल्याहा अत्यन्तै दुर्लभ हुन्छन् ।

दुवै अण्डा सेचन हुनका लागि महिलाले ओभुलेसनको एक दिनअघि वा पछि दुई फरक पुरुषसँग यौ’न स’म्पर्क गरेको हुनुपर्छ ।
पतिलाई आफ्नो एउटो छोरो किन आफू जस्तो देखिँदैन भनी आश्चर्य लागेको थियो ।

डीएनए रिपोर्ट पढेपछि पतिले पत्निसँग स्पष्टिकरण लिदाँ पत्नीले शुरूमा त आफ्नो विवाहेतर सम्बन्ध नरहेको बताइन् अनि नतिजा बदलेको आ’रोप पतिमाथि लगाइन् ।

तर पतिले खोर्‍याएर सोध्दा पत्नीले अर्को पुरुषसँग एक रातका लागि सुतेको स्वीकार गरिन् । आफ्नो छोरोलाई हुर्काउने तर अर्काबाट जन्मेको छोरोलाई नहुर्काउने पतिले बताएका छन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal