अन्तर्राष्ट्रिय

विश्व रुवाउने अफगानिस्तानको दृश्य: दुई शिशुसहित २४ को वि’भत्स ह’त्या (भिडियो)

विश्व रुवाउने अफगानिस्तानको दृश्य: दुई शिशुसहित २४ को वि’भत्स ह’त्या (भिडियो)

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा ब-न्दुकधा’रीहरुले ह’मला गरेका छन् । उनीहरुले गरेको सो हम’लामा परी २४ जनाको ज्या-न गएको छ । सो हम’लामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृ-त्यु भ’एको बताइएको थियो । तर अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो ह-मलामा परी ज्या’न जानेको संख्या २४ पुगेको जानकारी दिएका हुन् ।

अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा ब’म वि’स्फो’टन भएको र त्यस ब’म ह’मलामापछि बन्दु’कबाट पनि आ-क्रमण गरिएको उल्लेख गरेका छन् ।त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ । त्यस अस्पतालबाट भा’ग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरा’मीहरु पनि रहेको जानकारी दिएका छन् ।

त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हम-ला गरेको हुनसक्ने बताइएको छ ।

सो आ’क्रमणको जिम्मेवारी कसैले लिएको छैन ।त्यस अस्पतालका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई ह’मलाका’रीले निशाना बनाएकोले उनीहरुले विदेशी कर्मचारीलाई नै आ-क्रमणको निशाना बनाएको हुनसक्ने बताइएको छ । आ’क्रमणको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लगिएको बताइएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal