प्रवास

कोरियामा बेलुका सुतेका खडगबहादुर कहिल्यै नउठ्ने गरि निदाए !

कोरियामा बेलुका सुतेका खडगबहादुर कहिल्यै नउठ्ने गरि निदाए !

दक्षिण कोरियामा रहेका स्याङ्जाका एक युवाको सुतेकै अवस्थामा मृ’त्यु भएको छ । ७ बर्षदेखि दक्षिण कोरियामा रहेका स्याङ्जाका ३३ वर्षीय खडगबहादुर थापाको मृ’त्यु भएको स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्वकेन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिए।

बिरुवा गाउँपालिका-५ किचनास चेप्टेका थापा कोरियाको ख्यङ्जु शहरस्थित एक कम्पनीमा कार्यरत थिए। यही बैशाख २९ गत रातिको डयूटी सकेर आएपछि ९ बजे सुतेका उनी ब्यूँझिएनन् । साँझ ६ बजेसम्म पनि नदेखेपछि साथीहरु खोजी गर्दै कोठामा पुग्दा उनी मृ’त भेटिएको सुवेदीले बताए।

ईपीएस प्रणालीमा रोजगारीका लागि कोरिया गएका थापा पहिलो पटकको ४ वर्ष १० महिनाको अवधि पूरा गरी दोस्रो पटक कोरिया गएका थिए। अविवाहित थापाका आमा र २ दाजुहरु छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal