समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह आफैं गाडी चलाएर काठमाडौं जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आफैं गाडी चलाएर काठमाडौं जाँदै

पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्। उनी आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

पूर्वराजा शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्वराजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।

पूर्वराजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ भने उनको साथमा सुरक्षाकर्मी पनि फर्किरहेका छन् ।

पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीवार रद्ध भएसँगै उनीहरु झापामै रहेका थिए ।

पूर्वराजालाई पास दिने गृहको आदेश पछि मात्र जिल्ला प्रशासनले उनलाई पास दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal