मुख्य समाचार

मैदाको गाडीमा पोखरा भित्रिए विहारका प्रवेज मन्सुरी !

मैदाको गाडीमा पोखरा भित्रिए विहारका प्रवेज मन्सुरी !

पोखरा- मोतियारी बिहारका प्रवेज मन्सुरी लकडाउनको ५२ औं दिन वीहिबार एकाएक पोखराको नयाँ बजारमा देखा परे । ३ महिना अगाडि बिहार गएका मन्सुरी एका एक पोखरामा देखा परेपछि स्थानीयको सात्तो नै उड्यो ।

करिब ४ बजेको समयमा उनी पोखरा आइपुगेको खबर पाएपछि उनलाई स्थानीय प्रदीप बस्नेतको टोलीले आफ्नो छिमेकमा बिहारबाट मन्सुरी आएको सूचना प्रहरीलाई गराए ।

मनसुरीले आफ्नो काकाको मैदा बोक्ने ना ५ ख ८४१२ नं को ट्रकमा हेटौडाबाट पोखरा आएका स्वीकार गरेका छन् । काका जमिन मन्सुरी चालक भएको र सहचालक जाबिर मन्सुरी पनि आफ्नै मान्छे भएका कारण पोखरा भित्रिन सहज भएको उनको भनाइ छ ।

स्थानीयहरु उनलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिदिन महानगरपालिकालाई आग्रह गरेका छन । तर, महानगरापलिकाले तदारुकता देखाएको छैन

मन्सुरीको श्रीमति पोखरामै बस्ने गरेका कारण पोखरा फर्किएको पनि उनले स्वीकार गरे । उनी पोखराको नयाँ बजारमा रहेको गाडी ग्यारेजमा काम गर्दै आएका थिए । तर, केही महिना अगाडि गाउँ जान्छु भनेर भारतको बिहारस्थित आफ्नो घरमा गएको उनकी श्रीमति बताउँछिन ।

उनलाई स्थानीयले क्वारेन्टाइनमा बस्न दबाव दिँदै आएका छन्, तर वडा तथा महानगरपालिकाले समन्वय गर्ने तर्फ भने केही पहल गरेको छैन । मन्सुरीलाई क्वारेन्टाइमा राख्ने या घरमै बस्न दिने भन्ने निक्र्याेल भएको छैन ।

स्थानीयहरु उनलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिदिन महानगरपालिकालाई आग्रह गरेका छन । तर, महानगरापलिकाले तदारुकता देखाएको छैन । प्रबेज मन्सुरी एक प्रतिनिधि पात्र मात्र हुन् । यसरी पोखरामा दैनिक भित्रिनेहरुको संख्या सयौं रहेका स्थानीयहरु बताइरहेका छन् ।

नाकामा कडाई नभएका कारण पोखरा भित्रिनेको लर्काे रहेको स्थानीयको गुनासो छ । यस विषयमा प्रदेश सरकार र स्थानीय सरकारले कुनै पहल नगरेको खबर न्युज २४ मा उत्तम पाैडेलले लखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal