मुख्य समाचार

भारतले मिचेको कालापानी–लिपुलेक क्षेत्र नजिकै ‘सशस्त्र’ प्रहरीको गस्ती (७ तस्बिर)

भारतले मिचेको कालापानी–लिपुलेक क्षेत्र नजिकै ‘सशस्त्र’ प्रहरीको गस्ती (७ तस्बिर)

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएको स’शस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)ले दुई देशबीचको सीामान वरपर गस्ती सुरु गरेको छ । बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको छ ।

कालापानी–लिपुलेक क्षेत्र अतिक्र’मण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सश’स्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना

बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख स’शस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए ।

चौकी स्थापना भएको भोलिपल्ट सश’स्त्र प्रहरीका जवनाहरु आवश्यक हति’यार र बन्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे । आवश्यक ह’तियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्र’मण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सश’स्त्र प्रहरी ब’ल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरेको हो ।

तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal