मुख्य समाचार

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार थप २४ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा को’रोना सं’क्रमित भेटिएका हुन् । यो सँगै कोरोना सं’क्रमितको संख्या २ सय ४३ पुगेको छ ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिला, त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए !

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिला, नवलपरासीमा ३६ वर्षका पुरुषमा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो कपिलवस्तु र बाँकेका २ जनामा को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal